२०८३ भाद्र ३० मंगलबार

एनआईसी एशिया बैंकको लिलामी बिक्री पोर्टलमा सम्पूर्ण विवरण उपलब्ध

ई आर्थिक    सोमबार, मंसिर १ २०८२
3.4K
Shares
एनआईसी एशिया बैंकको लिलामी बिक्री पोर्टलमा सम्पूर्ण विवरण उपलब्ध

ई- आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैंकिङ्ग तथा गैर-बैंकिङ्ग सम्पत्ति, साथै धितोमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया अझ सहज, पारदर्शी र सूचनायुक्त बनाउनका लागि लिलामी बिक्री अनलाइन पोर्टल सार्वजनिक गरिसकेको छ छ।

बैंकले सुरु गरेको यो डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण  जस्तै कि कित्ता नम्बर, क्षेत्रफल, सम्पत्तिको फोटो, नक्सा, र गुगल म्याप मार्फत स्थान जानकारी – सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यस पोर्टलमा प्रकाशित सम्पत्तिसम्बन्धी सूचना हेरेपछि इच्छुक खरिदकर्ताहरूले थप जानकारी आवश्यक परेमा म्यासेज बक्स प्रयोग गरी आफ्नो नाम, सम्पर्क नम्बर, इमेल ठेगाना तथा ठेगाना राखी सन्देश पठाउन सक्नेछन्।

बैंकले विश्वास लिएको छ कि यस पोर्टलको प्रयोगबाट ग्राहकहरूलाई सम्पत्तिको मूल्यांकन तथा निर्णय प्रक्रियामा थप पारदर्शिता र सहजता मिल्नेछ। एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, लिलामी प्रक्रियालाई डिजिटलरूपमा सञ्चालन गर्दा सम्पूर्ण विवरण आम जनसमक्ष सरल ढंगले प्रस्तुत गर्न सम्भव भएको जानकारी दिए ।

लिलामी सम्पत्तिहरूको जानकारीको लागि पोर्टलमा जानुहोस्: https://auctionassistance.nicasiabank.com

बैंकले यस पोर्टलमा नियमित रूपमा नयाँ सम्पत्तिहरू तथा लिलामी सम्बन्धी सूचना अद्यावधिक गर्दै जाने बताएको छ। लिलामी खरिदमा रुचि राख्ने इच्छुक व्यक्तिहरूलाई यो एक महत्वपूर्ण अवसर बन्न सक्ने बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij