सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज
विर्तामोड । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा लक्जरी, स्टाइल र टेक्नोलोजीले परिष्कृत बनेको इलेक्ट्रिक एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महत, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले नयाँ दिपल एस ०५ सार्वजनिक गरेका हुन्।
नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिटभन्दा धेरै बिक्री भइसकेको दिपल एस ०५ ले अब पूर्वी नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ राखिएको छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ।
दिपल एस ०५ मा दुवै फ्रन्ट सिट ‘वेलकमिङ’, ‘भेन्टिलेटेड’ र ‘हिटेड’ सुविधा सहित छन्। यसमा ‘क्विनको पाइलट सिट’ राखिएको छ, जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट’ र ‘वान–टच नॅप मोड’ मार्फत यात्रामा अद्वितीय आराम प्रदान गर्छ। साथै, यसमा ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा छ, जसबाट साँचो प्रयोग गरी गाडीलाई सजिलै अगाडि–पछाडि सार्न सकिन्छ।
सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले’ दिइएको छ, जसले ‘लाइभ नेभिगेसन’ सहित आवश्यक ड्राइभिङ जानकारी सिधै विन्डसिल्डमा देखाउँछ।
१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस ०५ इन्टरनेट कनेक्टिभिटीसहित उपलब्ध छ।
विर्तामोडमा नयाँ सोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम
विहीबार विर्तामोडमा नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुमको उद्घाटन गरिएको छ। अब यस क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक इभीहरूको बिक्री, वितरण तथा सेवा उपलब्ध गराउनेछ।
यसै अवसरमा विभिन्न अफरसहित तीनदिने विशेष ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज’ कार्यक्रम सुरु भएको छ।
कार्यक्रममा दिपलका अत्याधुनिक मोडेल—दिपल एस ०७ ICA, स्टाइलिस सेडान L०७, अल्ट्रा–प्रिमियम लक्जरी एसयुभी ‘अवतार ११’ तथा केही साताअघि सार्वजनिक भई बजारमा लोकप्रिय बनेको दिपल एस ०५ —को टेस्ट ड्राइभ गर्न सकिनेछ।
एक्सचेन्ज कार्यक्रममा सहभागीले आफ्नो पुरानो गाडीको उत्कृष्ट मूल्यांकनसँगै निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र निःशुल्क ट्राभल चार्जर पाउनेछन्।
कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ, जसबाट चाङानको प्रविधि र इन्टेलिजेन्स क्षमताको प्रत्यक्ष अनुभव गर्न सकिनेछ।