२०८३ साउन ११ सोमबार

यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणाली बन्द, लाइसेन्स सेवा फेरि प्रभावित

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८२
2.8K
Shares
यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणाली बन्द, लाइसेन्स सेवा फेरि प्रभावित

ई-आर्थिक, काठमाडौं ।  नेपाल सरकारकाे यातायात व्यवस्था विभाग, मिनभवनले आफ्ना सूचना प्रविधि प्रणालीहरू अर्को सूचना प्रकाशित नभएसम्म बन्द रहने जनाएको छ।

विभागले जारी गरेको सूचनाअनुसार Data Center मा प्राविधिक समस्या देखा परेकाले केही दिनदेखि आंशिक रूपमा सञ्चालनमा रहेको Electronic Driving License (EDL) तथा applydlnew.dotm.gov.np प्रणाली आजदेखि पूर्ण रूपमा बन्द गरिएको हो।

विभागले सेवाग्राहीलाई अनावश्यक भ्रम नहुने गरी जानकारी गराउँदै समस्या समाधान नहुँदासम्म सो प्रणालीबाट प्रदान हुने सेवा उपलब्ध नहुने जनाएको छ।

प्रणाली कहिले सुचारु हुन्छ भन्नेबारे विभागले पछि फेरि सूचना प्रकाशित गर्ने बताएको छ।

प्रणाली बन्द हुँदा अनलाइन सवारी चालक अनुमतिपत्रका लागि आवेदन, डेटाअपडेट तथा सम्बन्धित अन्य डिजिटल सेवा प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij