२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११ अभियान’का लागि सहकार्य

ई आर्थिक    मंगलबार, कार्तिक २५ २०८२
2.5K
Shares
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११ अभियान’का लागि सहकार्य

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेड र दराज नेपालबीच ‘११.११ अभियान’का लागि सहकार्य गरिएको छ। यस सहकार्यमार्फत ग्राहकलाई विशेष अफर र लाभ उपलब्ध गराइने भएको छ।

‘११.११’ विश्वव्यापी रूपमा मनाइने प्रमुख डिजिटल सेल उत्सव हो, र यसकै अवसरमा बैंकले आफ्ना डिजिटल बैंकिङ सेवाहरूलाई अझ विस्तार गर्ने नीति अनुरूप दराज नेपालसँग सहकार्य गरेको हो।

यस अन्तर्गत २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म, महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड धारक ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।
ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १,५०० सम्म, र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २,००० सम्म छुट पाउनेछन्। छुट प्राप्त गर्नका लागि दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ। योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई पहिलो आधारमा प्राथमिकता दिइनेछ।

बैंकका अनुसार यस प्रकारको सहकार्यले ग्राहकहरूसँग डिजिटल रूपमा पहुँच बढाउने, भुक्तानी प्रणालीलाई अझ सहज र सुरक्षित बनाउने र डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टिमा वृद्धि गर्ने विश्वास लिइएको छ।

यसअघि, बैंकले आफ्ना क्रेडिट कार्डधारकहरूका लागि नयाँ योजना सार्वजनिक गरेको थियो, जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीहरूमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। सो योजनामा ग्राहकले खरिद गरेको टुर प्याकेजको रकम ६ देखि १२ महिनासम्मको लचिलो किस्तामा भुक्तानी गर्न मिल्ने सुविधा पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij