२०८३ साउन १० आइतबार

एनआई सी एशिया बैंकका ग्राहकलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट सुविधा उपलब्ध

ई आर्थिक    आइतबार, कार्तिक २३ २०८२
2.9K
Shares
एनआई सी एशिया बैंकका ग्राहकलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट सुविधा उपलब्ध

ई-आर्थिक, काठमाडौं ।  एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij