२०८३ साउन ११ सोमबार

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ हस्पिटालिटी सहितका विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

ई आर्थिक    आइतबार, कार्तिक २३ २०८२
3.6K
Shares
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ हस्पिटालिटी सहितका विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

ई-आर्थिक, काठमाडौं ।  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूका लागि नयाँ सुविधा समेत ल्याएको छ। यस योजनाअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। खरिद गरिएको टुर प्याकेजको मूल्य बराबरको रकमलाई ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।

सम्झौता अनुसार अब महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले विभिन्न होटल, रिसोर्ट, क्लिनिक र हेल्थ होमहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकले गरेको सहकार्यका संस्थामध्ये सिदार्थ हस्पिटालिटीका तिनकुने, काठमाण्डौं लगायतका सम्पूर्ण आउटलेटहरूमा आवास सेवामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

त्यसैगरी, बन्दीपुर माउण्टेन रिसोर्ट र बन्दीपुर बजार घर, दुबै तनहुँको बन्दीपुरमा रहेका छन्, जहाँ बैंकका ग्राहकहरूले खाना तथा आवास सेवामा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवाको क्षेत्रमा, स्माईल ३६० डेण्टल क्लिनिक, सामाखुशी काठमाण्डौंमा, बैंकका ग्राहकहरूका लागि दन्त सेवामा २० प्रतिशत छुट प्रदान गर्नेछ। त्यसैगरी, लन्जेभिटि हेल्थ होम, ललितपुर महानगरपालिका–३, टुटेपानीमा अवस्थित, अकुपंचर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअप लगायतका विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट दिनेछ।

यसरी विभिन्न होटल, रिसोर्ट, स्वास्थ्य संस्था र रेष्टुरेन्टहरूसँगको सहकार्यबाट बैंकका ग्राहकहरूलाई दैनन्दिन जीवनका आवश्यक सेवा र सुविधाहरूमा प्रत्यक्ष आर्थिक लाभ पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij