२०८३ भाद्र ३० मंगलबार

ग्लोबल आइएमई बैंकको नाफा २३ प्रतिशतले बढ्यो, १ अर्ब ८५ करोड ५८ लाख खुद नाफा

ई आर्थिक    शुक्रबार, कार्तिक २१ २०८२
2.9K
Shares
ग्लोबल आइएमई बैंकको नाफा २३ प्रतिशतले बढ्यो, १ अर्ब ८५ करोड ५८ लाख खुद नाफा

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उल्लेखनीय नाफा आर्जन गरेको छ। बैंकले तीनमहिनामा  १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ३० अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्ममा बैंकले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले, फि तथा कमिसन आम्दानी २.६२ प्रतिशतले र कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सञ्चालन मुनाफा १०.४४ प्रतिशतले बढेको बैंकले जनाएको छ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij