२०८३ साउन ११ सोमबार

बाँकेमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, ४ हजार १९३ जना थपिए

ई आर्थिक    बिहिबार, कार्तिक २० २०८२
1.1K
Shares
बाँकेमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, ४ हजार १९३ जना थपिए

नेपालगञ्ज ।  बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवापुस्ता रहेको जानकारी दिए। उनले निर्वाचन कार्यालयमा दैनिक दुईसयको हाराहारीमा नाम दर्ता भइरहेको बताए।

बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन्। सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij