२०८३ साउन १० आइतबार

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिकटन आलु उत्पादन

ई आर्थिक    बिहिबार, कार्तिक २० २०८२
2.7K
Shares
गत आवमा भोजपुरमा ५१ हजार मेट्रिकटन आलु उत्पादन

भोजपुर ।  जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौसय मेट्रिकटन आलु उत्पादन भएको छ। हिउँदे र बर्खे गरी यहाँ ५१ हजार मेट्रिकटन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी धनश्याम बरालले जानकारी दिए। विगतमा निर्वाहमुखी खेतीमा सीमित किसानहरू अहिले व्यावसायिक रूपमा आलु खेतीमा लाग्न थालेका उनले बताए।

‘जिल्लामा पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘गत वर्ष भोजपुरमा ५१ हजार मेट्रिकटनभन्दा बढी आलु उत्पादन भएको थियो। आलु किसानको राम्रो आम्दानीको श्रोत बनेको छ।’

ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरणसँगै विभिन्न ठाउँमा आलु पकेट क्षेत्र निर्धारण गरेर प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। जिल्लामा बर्खे आलुको उत्पादन बढी हुने गरेको किसानको भनाइ छ।

ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि उत्पादित आलु बेचविखन गर्न सहजता भएको टेम्केमैयुङ-५ मझौलेका किसान धनराज राईले बताए। सडकका पहुँचका कारण अहिले आलु किन्न ठेकेदारहरु गाडी लिएर घरमा नै आउने गरेको उनको भनाइ छ।

‘पहिले बेचबिखन गर्न निकै समस्या थियो’, उनले भने, ‘पिठ्यूँमा बोकेर बेँसीसम्म लगेर र धानसँग सटही गर्थ्यौँ। तर सडक विस्तार भएपछि अहिले ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्।’

उनका अनुसार सडक पुगेसँगै किसानले उत्पादनको मूल्य समयमै पाउने र बजारसम्म सहज पहुँच बनेपछि आलु खेतीप्रति अझ आकर्षित भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij