२०८३ भाद्र ३० मंगलबार

एनआईसी एशियाका नवनियुक्त सिइओ सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण

ई आर्थिक    बिहिबार, कार्तिक २० २०८२
3.3K
Shares
एनआईसी एशियाका नवनियुक्त सिइओ सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण

ई-आर्थिक, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित कुमार शाक्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।  बैंकको सञ्चालक समितिको २०८२ साल कात्तिक १७ गते बसेको ७३६औं बैठकको निर्णयअनुसार उनले कात्तिक २० गते (आज) देखि आफ्नो कार्यकाल सुरु गर्नुभएको हो।

बैंकका अनुसार शाक्यले पदभार ग्रहण समारोहमा आफ्नो अनुभव र दृष्टिकोण साझेदारी गर्दै बैंकलाई अझ सबल, गतिशील र परिणाममुखी संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लगभग तीन दशकको बैंकिङ अनुभव भएका शाक्यले सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट आफ्नो बैंकिङ यात्रा सुरु गरेका थिए। त्यसपछि उनले हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, र सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ प्रमुखको रूपमा काम गरेका छन् ।

बैंक अफ एशिया र एनआईसी बैंकबीचको मर्जर (विलय) प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धक र कर्पोरेट बैंकिङ प्रमुखको रूपमा उनले कार्य गरेका थिए ।

शाक्यले त्यसपछि सिभिल बैंक लिमिटेड, जनता बैंक लिमिटेड, र ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृत (DCEO)को रूपमा कार्य गर्नुभएको थियो। हालसम्म उहाँ नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

उनले भारतको दिल्ली विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक (B.Com) र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (MBA) डिग्री हासिल गरेका छन् ।

एनआईसी एशिया बैंकले विज्ञप्ति जारी गर्दै शाक्यको रणनीतिक दृष्टिकोण, विश्लेषण क्षमता र लामो बैंकिङ अनुभवका कारण बैंकले उनको कार्यकालमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ। बैंकले उहाँको नेतृत्वमा संस्थालाई अझ विश्वसनीय, उत्तरदायी र नवप्रवर्तनमुखी बनाउने लक्ष्य लिएको जनाएको छ।

शाक्यको आगमनले एनआईसी एशिया बैंकको संस्थागत बल र प्रतिष्ठा अझ उचो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij