२०८३ भाद्र २६ शुक्रबार

पोखरा सहकारीको ८९ करोड हिनामिना, सञ्चालक समितिका अध्यक्षसहित ७ जना पक्राउ

ई आर्थिक    बुधबार, कार्तिक १९ २०८२
3.5K
Shares
पोखरा सहकारीको ८९ करोड हिनामिना, सञ्चालक समितिका अध्यक्षसहित ७ जना पक्राउ

गण्डकी।  कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित ७ जनालाई आज नियन्त्रणमा लिएको छ।

अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादर बस्नेतले जानकारी दिए।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले दिएको सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा निजहरूलाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनअनुसार सहकारीको करिब ८९ करोड रूपैयाँ हिनामिना भएको देखिएको छ।

संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीको मिलेमतोमा सहकारीको बचत रकम अपचलन गरिएको प्रतिवेदनले औँल्याएको छ। पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij