२०८३ साउन १२ मंगलबार

पुनर्निर्माण कोषमा नेसनल लाइफको १ करोड र एनएलजीको २५ लाख सहयोग

ई आर्थिक    बुधबार, कार्तिक १९ २०८२
3.2K
Shares
पुनर्निर्माण कोषमा नेसनल लाइफको १ करोड र एनएलजीको २५ लाख सहयोग

काठमाडौँ : सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड रुपैयाँ सहयोग गरेको छ । मंगलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उक्त रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अर्थमन्त्री खनाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त रकमसहित भौतिक तथा पुनर्निर्माण कोषमा ७ करोड ५१ लाख ६० हजार रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

२४ भदौको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले ८ असोजमा राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वैच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । प्रदर्शनका क्रममा सरकारी र निजी दुवै क्षेत्रमा ठूलो क्षति भएको छ । क्षतिको आकलन अझै हुन सकेको छैन ।

यद्यपि अर्थ मन्त्रालयका अधिकारीहरूले सरकारी र निजी क्षेत्र गरी १ खर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक देखिएको बताएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ८० अर्बभन्दा बढी निजी सम्पत्तिमा क्षति पुगेको दाबी गरेको छ । यता सरकारले क्षतिको विवरण र पुनर्निर्माण लागतका लागि अध्ययनको काम सुरु गरेको छ । सो कामका लागि ४५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij