२०८३ साउन १० आइतबार

अन्त्येष्टिमा सहभागी मानिसहरू माथि ड्रोन आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

ई आर्थिक    बुधबार, कार्तिक १९ २०८२
3.1K
Shares
अन्त्येष्टिमा सहभागी मानिसहरू माथि ड्रोन आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं । सुडानको सेनाको नियन्त्रणमा रहेको एल–ओबेइद सहर नजिकैको एक अन्त्येष्टिमा सहभागी भएका मानिसहरू माथि भएको ड्रोन आक्रमणमा कम्तीमा ४० जनाको ज्यान गएको छ। अधिकारीहरू र कार्यकर्ताहरूले यसबारे जानकारी दिएका छन्।

यो आक्रमण अल–लुवैब गाउँमा भएको हो, जहाँ मानिसहरू टेन्टभित्र शोकसभा गर्न भेला भएका थिए।अधिकारीहरूले यस आक्रमणको जिम्मेवारी अर्धसैनिक समूह ‘¥यापिड सपोर्ट फोर्स’ माथि लगाएका छन्, यद्यपि आरएसएफतर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

धेरै मानिसहरू एल–ओबेइद अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेका थिए। यो सहर राजधानी खार्तुमलाई दारफुर क्षेत्रसँग जोड्ने रणनीतिक स्थानमा पर्छ।

कोर्दोफान क्षेत्रमा संघर्ष तीव्र बनेको छ — यही क्षेत्र ठूलो मात्रामा तेलका स्रोतका कारण महत्वपूर्ण मानिन्छ। आरएसएफले बारा सहर कब्जा गरेपछि करिब २० हजार मानिस गत हप्ता भागेर एल–ओबेइद पुगेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij