रुपन्देही । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन्। बैंक र उक्त अस्पतालबीच सम्झौता सम्पन्न भएसँगै, बैंकका ग्राहकहरूले अस्पतालमा सेवा लिँदा डिजिटल भुक्तानी मार्फत छुट प्राप्त गर्न सक्नेछन्।
उक्त छुट सुविधा अनुसार, OPD टिकटमा ५० प्रतिशत, सामान्य ओछ्यान शुल्कमा २५ प्रतिशत, ICU/NICU/PICU/CCU सेवामा १० प्रतिशत, शल्यक्रिया (Surgical Treatments) मा १५ प्रतिशत, प्याथोलोजिकल प्रयोगशाला शुल्कमा १५ प्रतिशत, र्याडियोलोजिकल सेवामा १५ प्रतिशत (CT र MRI बाहेक) र अन्य सेवामा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ।
सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकका अनुसार, यस सहकार्यले ग्राहक महानुभावलाई छुट सुविधा उपलब्ध गराउनुका साथै, मुलुकमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
यस सम्बन्धमा जानकारी दिँदै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले सुविधा प्रयोगका बारेमा आवश्यक निर्देशनहरू प्रदान गर्नुभएको छ।