२०८३ साउन १० आइतबार

नेपालगञ्ज-गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै, ८ करोडमा ठेक्का सम्झौता

ई आर्थिक    बिहिबार, कार्तिक १३ २०८२
3.3K
Shares
नेपालगञ्ज-गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै, ८ करोडमा ठेक्का सम्झौता

बाँके। नेपालगञ्ज-गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका-३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ। ६ दशकअघि पेडारी नालामा निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार ८ करोड ९६ लाख तीन हजार ४६८ रूपैयाँमा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ। आगामी बैशाखभित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो।

एकतर्फीरूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उनले बताए।

हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुनेछ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij