२०८३ साउन ११ सोमबार

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८२
4K
Shares
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

मनाङ।  भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए। ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौँ। हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ। अन्य सवारीसाधनको अभाव छ’, उनले भने।

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए। २५ किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए।

केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij