२०८३ साउन १० आइतबार

चीनले स्वागत गर्‍यो बहुध्रुवीय संसार, अमेरिकी नीतिले विश्व बजार अस्थिर बनायो

ई आर्थिक    सोमबार, कार्तिक १० २०८२
3K
Shares
चीनले स्वागत गर्‍यो बहुध्रुवीय संसार, अमेरिकी नीतिले विश्व बजार अस्थिर बनायो

बेइजिङ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने उच्चस्तरीय वार्ता अघि, चीनका विदेशमन्त्री वाङयीले सोमबार बहुध्रुवीय संसारको आगमन स्वागत गर्दै वासिङ्टनको नीतिले विश्व बजारमा अस्थिरता ल्याएको आरोप लगाएका छन् ।

बेइजिङमा आयोजित एक फोरममा सम्बोधन गर्दै वाङले भने, “आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु, विश्व बजारलाई कृत्रिमरूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ। सम्झौताबाट पछि हट्ने, प्रतिबद्धता तोड्ने र गुटबन्दी राजनीति गर्ने प्रवृत्तिले बहुपक्षवादलाई अभूतपूर्व चुनौती दिएको छ। तर इतिहासको प्रवाह उल्ट्याउन सकिँदैन – बहुध्रुवीय संसार निश्चितरूपमा आउँदैछ।”

राष्ट्रपति ट्रम्पले आइतबार एसियाली भ्रमण सुरु गरेका छन्  र दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष वार्ता गरी यो भ्रमणको अन्त्य हुने छ। यो जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि दुई नेताबीच हुने पहिलो आमनेसामने भेट हो।

यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच दुई दिन लामो व्यापार वार्ता सम्पन्न भएको थियो। वार्तामा नोभेम्बर १ देखि लागु हुने १०० प्रतिशत अतिरिक्त कर स्थगित गर्ने विषयमा छलफल भएको थियो।

चिनियाँ उप-वाणिज्य मन्त्री ली चेङ्गाङले वार्ताबाट प्रारम्भिक सहमति आएको जानकारी दिए । उनले भने, अमेरिकी अर्थमन्त्री बेसेन्टले एबिसी समाचारसँग कुरा गर्दै उक्त अतिरिक्त शुल्क अस्थायी रूपमा स्थगित गरिएको र दुर्लभ पृथ्वी खनिज तथा अमेरिकी सोयाबिन निर्यातका विषयमा सहमति नजिकिएको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij