काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयको २०७९ कात्तिक ९ गते बसेको बैठकको निर्णयअनुसार सो सूची सार्वजनिक गरिएको हो। यी पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई जनपद प्रहरी समूहभित्रका दरबन्दीअनुसार प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ (४) बमोजिम बढुवा सिफारिस सूची प्रकाशित अनुसार जनपद प्रहरी समूहतर्फ बढुवाका लागि सिफारिस भएका पाँच जना एसएसपीमा भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
