काठमाडौं । मुलुकको वर्तमान सुरक्षा अवस्थाको मूल्यांकन गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो। बैठकमा हालको सुरक्षा परिस्थितिबारे विस्तृत जानकारी प्रस्तुत गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारले देशभरको सुरक्षा अवस्थाको सूक्ष्म समीक्षा गरेको बताए। उनका अनुसार केही समूहहरूले प्रदर्शन र विरोध कार्यक्रमका तयारी गरिरहेका सूचनाहरू प्राप्त भएका छन्।
गृहमन्त्रीले सबैलाई राजनीतिक माग शान्तिपूर्ण र जिम्मेवार ढङ्गले राख्न आग्रह गर्दै सरकार वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न तयार रहेको स्पष्ट पारे।