२०८३ साउन १० आइतबार

प्रतिनिधि सभा निर्वाचनः शान्ति सुरक्षादेखि आचारसंहितासम्म दलहरूको जोड

ई आर्थिक    बिहिबार, असोज ३० २०८२
3.1K
Shares
प्रतिनिधि सभा निर्वाचनः शान्ति सुरक्षादेखि आचारसंहितासम्म दलहरूको जोड

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आज संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलहरूसँग छलफल सम्पन्न गरेको छ।

निर्वाचन आयोगमा आयोजित उक्त छलफलमा आयोगका पदाधिकारीहरू र राजनीतिक दलका प्रतिनिधिहरूबीच स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा विचार विमर्श भएको थियो।

छलफलका क्रममा राजनीतिक दलहरूले सरकारलाई निर्वाचनको शान्ति सुरक्षा व्यवस्था सुदृढ बनाउन, निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न, निर्वाचन खर्च घटाउन र हालको जटिल परिस्थितिमा नियमित संवाद कायम राख्न सुझाव दिएका छन्।

कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दलहरूलाई आसन्न निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

उहाँले आयोगको तर्फबाट सरकारले स्रोत साधन र शान्ति सुरक्षाको सुनिश्चितता गर्ने पूर्ण प्रतिबद्धता जनाएको जानकारी दिँदै, “निर्वाचन तोकिएको मितिमै हुने छ, र कसैले पनि निषेधको राजनीति गर्नुहुदैन” भन्ने सन्देश स्पष्ट रूपमा दिएका थिए।

छलफलमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर जबरा र आयोगका सचिव महादेव पन्थ सहित अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले छलफल सकारात्मक रूपमा सम्पन्न भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij