पातोले । आसन्न चाडपर्वलाई लक्षित गर्दै भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको करिब २ लाख ८२ हजार रुपैयाँ बराबरको आतसवाजीका सामग्रीसहित एक मोटरसाइकललाई सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको सीमा सुरक्षा गुल्म, पातोलेले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले नियमित गस्तीको क्रममा शंकास्पद रूपमा देखिएको मोटरसाइकल जाँच गर्दा त्यसमा ठूलो परिमाणमा आतसवाजीका सामानहरू फेला पारेका हुन्। नियमन विपरीत तरिकाले चाडपर्वको मौका छोपेर ल्याइँदै गरेको सो सामानको बजार मूल्य करिब रु. २,८२,००० अनुमान गरिएको छ।
सशस्त्र प्रहरीले उक्त मोटरसाइकल र आतसवाजी सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।
सशस्त्र प्रहरी बलले चाडपर्वको समयमा सिमा सुरक्षामा कडाइ गर्दै गैरकानुनी क्रियाकलाप तथा तस्करी रोकथाममा सक्रियता बढाएको जनाएको छ। यस्ता कार्यहरूबाट सार्वजनिक सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित दुर्घटना तथा जोखिम नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ।