२०८३ साउन १२ मंगलबार

ग्लोबल आइएमई बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

ई आर्थिक    बिहिबार, असोज ३० २०८२
2.9K
Shares
ग्लोबल आइएमई बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

३ अर्ब ४ करोड रुपैयाँ वितरण गर्ने

ई-आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।

बैंकले आफ्नो १९ औँ वार्षिक साधारण सभा कात्तिक २६ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे आयोजना गर्ने भएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरू पनि सभामा पारित गरिनेछ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको छ। हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ८ प्रतिशत अर्थात ३ अर्ब ४ करोड रुपैयाँ वितरण गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १६ गते बुकक्लोज गर्ने घोषणा गरेको छ। सो अनुसार, कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो, जसले प्रत्येक वर्ष नियमित रूपमा आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। बैंकको यो निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij