२०८३ साउन ११ सोमबार

अर्थमन्त्री खनालद्वारा नेपाल–अमेरिका व्यापार साझेदारीमा जोड, आईएमएफ उपप्रबन्ध निर्देशकसँग भेटवार्ता

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
4K
Shares
अर्थमन्त्री खनालद्वारा नेपाल–अमेरिका व्यापार साझेदारीमा जोड, आईएमएफ उपप्रबन्ध निर्देशकसँग भेटवार्ता

वाशिङटन डीसी । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकन चेम्बर अफ कमर्सद्वारा आयोजित ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका–नेपाल साझेदारीको मजबुती’ विषयक व्यापारिक संवाद कार्यक्रमलाई सम्बोधन गरेका छन्।

संवादका क्रममा अर्थमन्त्री खनालले नेपालको समसामयिक आर्थिक अवस्था, लगानीका सम्भावना र व्यापारिक अवसरहरूबारे जानकारी गराएका थिए। कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, नेपाली दूतावासका प्रतिनिधि तथा अमेरिकी चेम्बर अफ कमर्सका सदस्यहरूको उपस्थिति रहेको थियो।

यसैबीच, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबिचसँग सोमबार वाशिङटन डीसीमा भेटवार्ता गरेका छन्। भेटमा नेपालका वित्तीय नीतिहरू, आर्थिक सुधारका उपाय, तथा दिगो आर्थिक विकासका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।

भेटका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, मन्त्री खनालको भ्रमण टोलीका सदस्यहरू, नेपाली दूतावासका अधिकारीहरू तथा कोषका अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

अर्थमन्त्री खनाल आईतबार वाशिङटन डीसी आइपुगेका हुन्। उनले विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न बहुपक्षीय भेटघाट र छलफलहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij