ई-आर्थिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोमबार, असोज २७ गते बसेको सञ्चालक समितिको ३३४औं बैठकले उक्त प्रस्ताव पारित गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र बोनससहित करसमेत ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि बैंकको आगामी १९औं वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइनेछ।
हाल गरिमा विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसामा पुग्नेछ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले हाल देशभर १२५ शाखा, १ एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ सेवा (ब्त्ः) केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ।