२०८३ साउन ११ सोमबार

एनआईसी एशिया बैंकका ग्राहकले मर्क्युर होटलमा विशेष छुट सुविधा पाउने

ई आर्थिक    सोमबार, असोज २७ २०८२
4.9K
Shares
एनआईसी एशिया बैंकका ग्राहकले मर्क्युर होटलमा विशेष छुट सुविधा पाउने

काठमाडौं ।  एनआईसी एशिया बैंकका ग्राहकहरूले अब काठमाडौंको सुकेधारामा अवस्थित मर्क्युर होटलमा सेवा लिँदा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्। बैंक र होटलबीच विशेष सहमति भएपछि उक्त छुट सुविधा उपलब्ध गराइएको हो।

सम्झौताअनुसार ग्राहकहरूले होटलको आवास सेवामा १५ प्रतिशत र खाना तथा पेयपदार्थ सेवामा १० प्रतिशत छुट पाउनेछन्। यो सुविधा प्रयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, वा मोबैंक (MoBank) मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी गर्नु पर्नेछ।

बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारको अभ्यासमा पनि टेवा पुग्ने विश्वास लिएको छ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij