२०८३ साउन ११ सोमबार

हमासको कब्जामा रहेका बिपीन जोशी जीवित नरहेको पुष्टि

ई आर्थिक    सोमबार, असोज २७ २०८२
2.5K
Shares
हमासको कब्जामा रहेका बिपीन जोशी जीवित नरहेको पुष्टि

काठमाडौं ।  इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी बिपीन जोशी अब जीवित नरहेको पुष्टि भएको छ।

अक्टोबर ७, २०२३ मा हमासले इजरायली भूमिमा गरेको आक्रमणपछि बिपीन सम्पर्कविहीन थिए। सो घटनापछि उनी हमासको नियन्त्रणमा रहेको आशंका गरिँदै आएको थियो।

तर, सोमबार बिहान हमासले इजरायललाई बुझाएको २० जना जीवित बन्धकहरूको सूचीमा बिपीनको नाम नपरेपछि आशंका थपिएको थियो। त्यसपछि इजरायली अधिकारीहरूले बिपीन जीवित नरहेको जानकारी उनको परिवारलाई दिएका हुन्।

बिपीन इजरायलको एक कृषि संस्थानमा अध्ययनरत थिए र हमासको आक्रमणका बेला अन्य नेपाली विद्यार्थीहरूसँगै थिए। उक्त आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो भने केही घाइते र बेपत्ता भएका थिए।

 ‘उनी फर्किने आशा अझै बाँकी छ’ – जोसी परिवार

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि भए पनि उनको परिवार अझै पनि उनी फर्किने आशामा छ।

इजरायली अधिकारीहरूले विपिनको मृत्युबारे जानकारी दिए पनि परिवारका सदस्यहरूले भने आधिकारिक रूपमा पुष्टिसहितको प्रमाण नपुन्जेल उनी जीवितै छन् भन्ने विश्वास छाडेका छैनन्।

विपिनका एक निकट आफन्तले भने, “हामी अझै पनि उनको कुर्दै छौं। आशा त्यत्तिकै बलियो छ।” विपिन इजरायलमा अध्ययनका लागि गएका थिए र अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि सम्पर्कविहीन भएका थिए।

उनको नाम हमासले छुटाउने भनिएको २० जना बन्धकको सूचीमा नपरेपछि मृत्युसम्बन्धी जानकारी आएको हो। तर परिवारले भनिरहेको छ — जबसम्म स्पष्ट प्रमाण आउँदैन, तबसम्म उनी फर्किन्छन् भन्ने आशा मरेको छैन।

शोक र आशाको दोधारमा रहेको परिवार अहिले पनि सरकार र सम्बन्धित निकायबाट थप जानकारीको प्रतीक्षा गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij