रौतहट । श्री जय किसान माध्यमिक विद्यालय, धरहरी रौतहटका प्रधानाध्यापक संजय प्रसाद घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक नियुक्तिमा घुस मागेको आरोपमा प्रधानाध्यापक प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानुलाई रु. ४ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।
विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा एक सेवाग्राहीले निवेदन दिएपछि नियुक्तिका लागि घुस मागिएको उजुरी अख्तियारमा परेपछि टोली खटिएको थियो। अनुसन्धान टोलीले सेवाग्राहीबाट मागिएको रकम बिचौलिया साहकानुले लिइसकेको अवस्थामा २०८२ असोज २४ गते पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित एक होटलबाट दुबैलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार दुबै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।