२०८३ साउन १२ मंगलबार

मन्त्रिपरिषद्को निर्णय: चार डीआईजी एआईजीमा बढुवा

ई आर्थिक    बिहिबार, असोज २३ २०८२
2.7K
Shares
मन्त्रिपरिषद्को निर्णय: चार डीआईजी एआईजीमा बढुवा

ई-आर्थिक, काठमाडौं । सरकारले ४ जना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका चार डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

सरकारको सिफारिसमा बढुवा समितिको मूल्याङ्कनपछि उनीहरूलाई एआईजीमा पदोन्नति गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij