२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

ई आर्थिक    बिहिबार, असोज २३ २०८२
2.9K
Shares
महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

ई-आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट पाउने भएका छन् ।

नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै याडिसन  होटल लाजिम्पाट, काठमाण्डौसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको  र्‍याडिसन  एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो  ।

सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त होटलले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको  र्‍याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवा सहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्ज सेवा १५ प्रतिशत पाइने तथा खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) २० प्रतिशत पाइने बैंकले जनाएको छ । साथै  पेस्ट्री खरिद १५ प्रतिशत ट्यानक्वीलीटी स्पा सेवा १५ प्रतिशत र  याडिसन फिटनेस सेन्टर (जिम) २० प्रतिशत छुट पाइने छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।

यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij