ई- आर्थिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक सिंहदरबारमा बसिरहेको छ।
बैठकमा केही दिनअघिको मनसुनजन्य विपद्का घटनाहरू, त्यसमा भएको खोज, उद्धार तथा राहत कार्यबारे समीक्षा भइरहेको परिषद्का प्रवक्ता शान्ति महतले जानकारी दिइन्। साथै, आवास विहीन परिवारका लागि अस्थायी आवास निर्माण गर्न कस्तो प्रकारको राहत उपलब्ध गराउने भन्ने विषयमा निर्णय हुने सम्भावना रहेको बताइएको छ।
बैठकमा प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत सहभागी छन्।
बैठकपछि पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरिने जनाइएको छ।