२०८३ साउन ११ सोमबार

चाडबाडमा बाबालाई सम्झिँदै छोरीको कथा भिडियोमा (भिडियोसहित)

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
3.5K
Shares
चाडबाडमा बाबालाई सम्झिँदै छोरीको कथा भिडियोमा (भिडियोसहित)

ई–आर्थिक, काठमाडौं । दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली परिवारहरूको कथा प्रस्तुत गर्छ, जहाँ बाबा विदेशमा रहेका कारण चाडपर्वमा परिवारसँग एकैठाउँ हुन पाउँदैनन्। गीतमा एक छोरीले आफ्ना बाबासँग चाडबाडमा सँगै हुन नसकेको पीडा व्यक्त गरेकी छिन्। अर्कातर्फ, बाबा पनि परदेशमा बस्दा परिवार र चाडपर्वको रमाइलो सम्झिँदै दुखी छन्।

यस गीतमा अमेरिका निवासी गायक विजय सङ्खरको स्वर, शब्द र संगीत रहेको छ। उनलाई स्वरमा साथ उनकी छोरी प्रिस्किला सङ्खरले दिएकी छिन्। दीपकराज विश्वकर्माले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। साथै, उनको निर्देशनमा बनेको यस भिडियोमा स्वयम् दीपकराज विश्वकर्मा, अजिता विश्वकर्मा, आज्ञा बस्नेत र आदिम विश्वकर्माले अभिनय गरेका छन्। सुबिन गोदारले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन्।

भिडियो हेर्दा लाग्छ, यो गीत धेरै नेपालीको मन छुनेछ। छोरीले घरमा चाडपर्वको तयारी गर्दै बाबालाई सम्झेकी छिन् भने बाबाले विदेशमा एक्लोपन महसुस गर्दै परिवारसँग रमाउन नपाएको पीडा व्यक्त गरेका छन्। भिडियोको निर्देशन र पात्रहरूको अभिनयले वास्तविक जीवनको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

यो केवल गीत मात्र होइन, विदेशिएका बाबाआमा, छोराछोरी र सम्पूर्ण नेपाली परिवारहरूको साझा कथा हो। दसैं–तिहारको रमाइलोबीच सम्पूर्ण परिवार एकसाथ नहुने भावनालाई यस गीतले मार्मिक ढंगले उजागर गरेको छ। गीतको म्युजिक भिडियो “विजय सङ्खर अफिसिएल” युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

भिडियो लिंक: https://youtu.be/eQ-cqYV59_Q?si=__T8yMlAB3Nwg5g_

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij