२०८३ साउन १० आइतबार

प्रधानमन्त्री कार्कीद्वारा विपद्मा भएको क्षतिप्रति दुःख व्यक्त

ई आर्थिक    सोमबार, असोज २० २०८२
2.5K
Shares
प्रधानमन्त्री कार्कीद्वारा विपद्मा भएको  क्षतिप्रति दुःख व्यक्त

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले हालको भारी वर्षाका कारण इलामलगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीले विपद्‌मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन्।

उनले विपद् व्यवस्थापनमा अहोरात्र खटिरहेका सुरक्षाकर्मी, सरकारी निकाय तथा स्वयंसेवकप्रति आभार प्रकट गर्दै भनिन्, “विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु।”

प्रधानमन्त्री कार्कीले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहेको जानकारी पनि दिएकी छन्।

भारी वर्षाले देशका पूर्वी तथा मध्य भेगका जिल्लामा पहिरो, डुबान र बाटो अवरुद्ध जस्ता घटनाहरू भई जनजीवन प्रभावित भएको छ। सरकारद्वारा उद्धार र राहतमा सक्रिय समन्वय भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij