२०८३ साउन ११ सोमबार

पृथ्वी राजमार्गमा यातायात सेवा पुनः सञ्चालन

ई आर्थिक    सोमबार, असोज २० २०८२
1.5K
Shares
पृथ्वी राजमार्गमा यातायात सेवा पुनः सञ्चालन

चितवन ।  अविरल वर्षापछि रोकिएको पृथ्वी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

शुक्रबार र शनिबारको वर्षाले सडकका विभिन्न भागमा पहिरोको जोखिम बढेपछि आइतबार राति ९ बजेदेखि यातायात आवागमन रोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका सार्वजनिक तथा निजी सवारीहरू गन्तव्यतर्फ जान थालेका छन्।

चितवनका १४ वटा विश्राम केन्द्र (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारीहरू अब सहज रूपमा यात्रामा निस्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij