ललितपुर । बाढीपहिरो जस्ता सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै ललितपुरस्थित कान्ति लोकपथमा सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बागमती प्रदेश लगायतका क्षेत्रमा मनसुन सक्रिय बनेको र भारी वर्षा जारी रहेकाले सुरक्षितताका उपायस्वरूप यो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले आज सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझावका आधारमा सो निर्णय लिइएको जनाइएको छ। स्थानीय प्रशासन शाखाले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।