२०८३ साउन १० आइतबार

हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा तीन दिन बेलुका सवारी निषेध

ई आर्थिक    शुक्रबार, असोज १७ २०८२
3.2K
Shares
हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा तीन दिन बेलुका सवारी निषेध

बागमती ।  लगातार वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिन बेलुका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै असोज १७ देखि २० गतेसम्म कान्तिलोकपथमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडा–भैंसे–काठमाडौं सडकमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन निषेध गरिएको जनाएका छन्।

मौसम पूर्वानुमानअनुसार मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले पहिरोको जोखिमबाट जोगिन सावधानी अपनाइएको हो। अत्यावश्यक बाहेक रातको यात्रा नगर्न र नदी किनारका बस्तीमा सतर्क रहन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij