ई-आर्थिक, काठमाडौं । विजयादशमीको मुख्य दिन टीका लाग्ने अवसरमा काठमाडौं उपत्यकाका सडकहरूमा सवारी साधनको चहलपहल न्यून देखिएको छ। दसैं मनाउन उपत्यका बाहिर जानेको संख्या उच्च भएको र उपत्यकामा रहनेहरू घरमै टीका समारोहमा व्यस्त भएकाले सडकहरू तुलनात्मक रूपमा शान्त छन्।
सामान्य दिनहरूमा जामले भरिने काठमाडौंका मुख्य सडक खण्डहरूमा आज सार्वजनिक तथा निजी सवारी साधनको संख्या कम देखिएको छ। निजी सवारी केही चले पनि सार्वजनिक यातायात उल्लेखनीय रूपमा घटेको छ।
यद्यपि, टीकाको समय सुरु भएसँगै आफन्तकहाँ जाने र आउनेको चहलपहल विस्तारै बढ्दै गएको छ।
ट्राफिक महाशाखाका अनुसार, दशैँको नवमीसम्म करिब **६ लाख ११ हजार ५ सय ५७** जना मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।
यस कारणले पनि उपत्यकाको सामान्य व्यस्तता कम भई राजधानी शान्त र सुनसान देखिएको छ।