२०८३ साउन ११ सोमबार

काठमाडौँकी नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
2.9K
Shares
काठमाडौँकी नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

ई- आर्थिक, काठमाडौं । काठमाडौँकी नयाँ कुमारी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइँएको  छ। आज दिउँसो १२ः०५ देखि १२ः१६ बजेको बीचको साइतमा उनलाई कुमारीको आसन ग्रहण गराइएको हो ।

काठमाडौँ इटुम्बहालकी आर्यतारालाई गत आइतबार नयाँ कुमारीको रुपमा छनोट गरिएको थियो। साढे २ वर्षकी उनलाई विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइएकाे छ ।

त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij