२०८३ साउन ११ सोमबार

गाजा युद्ध अन्त्यका लागि ट्रम्पको २० बुँदे योजना, नेतान्याहुको समर्थन

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
3.9K
Shares
गाजा युद्ध अन्त्यका लागि ट्रम्पको २० बुँदे योजना, नेतान्याहुको समर्थन

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्य र बन्धक मुक्तिका लागि इजरायली प्रधानमन्त्री नेतान्याहुसँग सहमति जनाउँदै २० बुँदे योजना प्रस्ताव गरेका छन्। हमासको कमजोर अवस्थालाई संकेत गर्दै ट्रम्पले प्रस्ताव स्वीकार नगरे विकल्प नरहेको बताए।

योजना अनुसार ७२ घण्टाभित्र सबै बन्धक मुक्त गर्ने र इजरायलले सयौँ प्यालेस्टिनी कैदी रिहा गर्ने उल्लेख छ। अस्थायी प्रशासन गठन गरी टोनी ब्लेयरलाई समेत समावेश गरिनेछ।

कतार र इजिप्टमार्फत योजना हमासलाई दिइएको छ भने प्यालेस्टिनी सरकार र विभिन्न इस्लामिक देशहरूले ट्रम्पको पहलको स्वागत गरेका छन्। तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यबारे स्पष्ट उल्लेख नभएको भन्दै आलोचना पनि भएको छ।

ट्रम्पले योजना असफल भए इजरायली कारबाहीलाई पूर्ण समर्थन गर्ने चेतावनी दिएका छन्। नेतान्याहुले भने कतार आक्रमणप्रति खेद प्रकट गर्दै सम्बन्ध सुधारको संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij