२०८३ साउन ११ सोमबार

काठमाडौंको भीमसेनस्थानमा भीषण आगलागी, चार घर जले

ई आर्थिक    सोमबार, असोज १३ २०८२
2.9K
Shares
काठमाडौंको भीमसेनस्थानमा भीषण आगलागी, चार घर जले

काठमाडौं : काठमाडौं महानगरपालिका–२० स्थित भीमसेनस्थान नजिकै बिहानको समयमा भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार, सिलिन्डर पड्किएर सुरु भएको आगोले तीनदेखि चारवटा घरमा क्षति पुर्‍याएको छ।

प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणका अनुसार, नेपाल प्रहरीको समन्वयमा दमकलबाट आगो निभाउने प्रयास गरिएको हो। आगलागी भएको स्थानको छेउमै मन्दिर समेत रहेको हुँदा अतिरिक्त सतर्कता अपनाइएको छ।

मानवीय क्षति छैन, क्षतिको विस्तृत विवरण आउन बाँकी

हालसम्म मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। यद्यपि कति घरमा कति क्षति भयो भन्ने विवरण भने संकलनको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

आगलागी काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय नजिकैको घरबाट सुरु भएको हो।

६ वटा दमकल र सुरक्षाकर्मीहरूको सक्रियता

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा ६ वटा दमकल परिचालन गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले आगलागीबारे जानकारी दिँदै भनिन्, “बिहान करिब ४ बजे आगलागी सुरु भएको हो। दमकल, सेना, प्रहरी र स्थानीयको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको छ। क्षतिको विवरण संकलन भइरहेकै छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij