२०८३ साउन १२ मंगलबार

सानिमा बैंकद्वारा नगद लाभांश र ८.२५प्रतिशत अग्राधिकार शेयर प्रस्ताव, कात्तिक २मा २१औं साधारणसभा

ई आर्थिक    आइतबार, असोज १२ २०८२
6K
Shares
सानिमा बैंकद्वारा नगद लाभांश र ८.२५प्रतिशत अग्राधिकार शेयर प्रस्ताव, कात्तिक २मा २१औं साधारणसभा

ई-आर्थिक, काठमाडौं ।   सानिमा बैंक लिमिटेडले कात्तिक २ गते २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुने बैंकले जानकारी दिएको छ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ७.३६८५ प्रतिशत नगद लाभांश पारित गर्नेछ। साथै, बैंकले ८.२५ प्रतिशत ब्याजदरमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर (non-convertible preference shares) जारी गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्ने भएको छ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचनसम्बन्धी प्रस्ताव पनि सोही सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, असोज ২৬ गतेसम्म नेप्सेमा शेयर खरिद गरी नाममा कायम भएका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij