२०८३ साउन १० आइतबार

बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार हुँदै

ई आर्थिक    आइतबार, असोज १२ २०८२
1.7K
Shares
बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार हुँदै

रुपन्देही ।  कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार भएको छ।

गत बिहीबारसम्मको तथ्यांकअनुसार यो वर्ष ५८ देशका ६३ हजार ७९३ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका छन्।

यो अवधिमा श्रीलंकाबाट १९ हजार ८३५ जना, थाइल्याण्डबाट १२ हजार ३४५ जना, म्यान्माबाट नौ हजार दुई २७८ जना, भियतनामका चार हजार १८८ जना र दक्षिण कोरिया दुई हजार २४ जना नेपाल भित्रिएका छन्।

कोभिड-१९ महामारीले सुस्त भएको पर्यटक आगमन महामारी साम्य भएसँगै क्रमशः सुधारोन्मुख छ। सन् २०२२ मा २० हजार दुई सय २० जना पर्यटक आएका थिए भने सन् २०२३ मा ८१ हजार तथा २०२४ मा यो सङ्ख्या बढेर ९२ हजार ६४४ पुगेको थियो।

नौ महिनाको तथ्यांक प्रस्तुत गर्दै अध्यागमन कार्यालयका अधिकृत वासुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका लागि नेपाल आउने गरेका बताए। उनले कर्मचारी अभाव कार्यालयको मुख्य चुनौती बनेको तथा १२ जनाको दरबन्दी रहेको कार्यालयमा पाँचजना मात्र रहेका गुनासोसमेत गरे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij