२०८३ साउन १२ मंगलबार

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त, अर्थमन्त्रीसमक्ष सपथ ग्रहण

ई आर्थिक    शुक्रबार, असोज १० २०८२
4.5K
Shares
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त, अर्थमन्त्रीसमक्ष सपथ ग्रहण

ई-आर्थिक, काठमाडौं ।   नेपाल बीमा प्राधिकरणको रिक्त संचालक समिति अध्यक्ष पदमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्मालाई जिम्मेवारी तोकिएको छ।

जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को असोज ९ गतेको बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ।

यस नियुक्तिपछि जनकराज शर्माले बीमा क्षेत्रमा थप विकास र सुधारको पहल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij