ई-आर्थिक, काठमाडौं ।
पूँजी बजारमा देखिएको अस्थिरता र लगानीकर्ताबीच बढ्दो असन्तोषको समाधानका लागि गठन गरिएको ४ सदस्यीय कार्यदलले आज बिहान अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाएको छ।
शेयर बजारमा जेन–जेड आन्दोलनपछिको बन्दावन्दी र गत बिहीबार बजार खुल्दा नेप्से १६० अंकले घटेपछि देखिएको असामान्यता समाधानका लागि मन्त्री खनालले कार्यदल गठन गरेका थिए। कार्यदललाई गठन भएको पाँच दिनभित्रै प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य थिए। निरौलालाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिइएको थियो।
कार्यदललाई पूँजी बजारमा देखिएका समस्या र विसङ्गतिहरूको अध्ययन गरी लगानीकर्ताको मनोबल बढाउने र सुधारका उपायहरू सहित ठोस कार्यान्वयन योजना सिफारिस गर्ने जिम्मा दिइएको थियो।
यस्ता छन् सुझाबहरु
नेपालको पुँजी बजारलाई अर्थतन्त्रको माग अनुरूप स्वच्छ, पारदर्शी, प्रभावकारी र गतिशिल बनाई वर्तमानमा देखिएको समस्या समाधान गर्न दीर्घकालमा मध्यकालमा र तत्काल रुपमा विभिन्न कार्यहरु गर्नुपर्ने निष्कर्ष कार्यदलको रहेको छ ।