२०८३ साउन ११ सोमबार

विमानस्थल क्षेत्रमा चंगा र ड्रोन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह

ई आर्थिक    बिहिबार, असोज ९ २०८२
4K
Shares
विमानस्थल क्षेत्रमा चंगा र ड्रोन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य गरेको पाइएका कारण सो कार्य नगर्न/नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ। अवज्ञा वा अटेरगर्नेलाई कारबाही हुनेछ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij