२०८३ साउन ११ सोमबार

ओली–लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ई आर्थिक    बिहिबार, असोज ९ २०८२
4.8K
Shares
ओली–लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ई-आर्थिक, काठमाडौं ।  नेपाल सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएको जनाएको छ। सरकार स्रोतका अनुसार, गत मंगलबार नै अध्यागमन विभाग र राहदानी विभागबीच पासपोर्ट रोक्का सम्बन्धी छलफल भएको हो।

गृहमन्त्रालयले हालका धेरैजसो शीर्ष नेताहरूलाई विदेश जान नदिने तयारी थालेको छ। स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री, वर्तमान तथा पूर्वमन्त्रीहरू लगायतका केही प्रभावशाली नेताहरूको पासपोर्ट रोक्का गर्ने प्रक्रिया अघि बढाइएको छ। हालै भएका राजनीतिक घटनाक्रम र सम्भावित अनुसन्धानलाई ध्यानमा राख्दै यस्तो निर्णयको तयारी भएको बताइएको हो।

त्यसैगरी, स्रोतका अनुसार शेरबहादुर देउवा र दीपक विष्ट लगायतका नेतामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुनसक्ने सम्भावना पनि उच्च रहेको छ।

यो कदमको पृष्ठभूमिमा नेताहरूले सार्वजनिक कार्यालयमा हुँदा वा सरकार सञ्चालनको क्रममा गरेको भनिएका अनियमितता तथा सम्पत्ति स्रोत स्पष्टता गराउन शासन पक्ष दबाबमा देखिन्छ।

अहिले सम्म पासपोर्ट रोक्का र अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारले के–के कानुन र निकायलाई संलग्न गर्ने भन्ने विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij