ई-आर्थिक, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालद्वारा सुरु गरिएको गुनासो इमेल प्रणालीमा सुरु भएको पहिलो ६ घण्टाभित्रै १६६ वटा गुनासो प्राप्त भएका छन्। मन्त्रालयको गुनासो मेलबक्स र मन्त्रीको आधिकारिक इमेलमा आएका ती उजुरीमध्ये करिब दुई दर्जन इमेललाई मन्त्री खनाल स्वयंले जवाफ दिइसकेको सचिवालयले जनाएको छ।
थुप्रै गुनासोमा तत्काल कारबाही पनि थालिएको छ भने बाँकी उजुरीहरूलाई शीघ्र समाधान गर्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
मन्त्री खनालले मेलमार्फत गुनासो समाधानको व्यवस्था गरेसँगै अब सिंहदरबारसम्म धाउनु नपर्ने बताएका थिए। निजी क्षेत्र र सर्वसाधारणले यो पहललाई सकारात्मक रूपमा लिएको बताइएको छ।