२०८३ साउन १० आइतबार

प्राइम कमर्सियल बैंकद्वारा सात स्थानमा रक्तदान कार्यक्रम आयोजना, ४६३ जनाको सहभागिता

ई आर्थिक    बुधबार, असोज ८ २०८२
2.9K
Shares
प्राइम कमर्सियल बैंकद्वारा सात स्थानमा रक्तदान कार्यक्रम आयोजना, ४६३ जनाको सहभागिता

ई-आर्थिक, काठमाडौं ।   प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर सात स्थानमा एकैसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

२०७९ असोज ७ गते सम्पन्न उक्त कार्यक्रम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंसहित प्रदेशका विभिन्न कार्यालय तथा शाखाहरूमा आयोजना गरिएको थियो।

कार्यक्रम काठमाडौंको केन्द्रीय कार्यालय, विराटनगरको कोशी प्रदेश कार्यालय, वीरगञ्जको मधेश प्रदेश कार्यालय, पोखराको गण्डकी प्रदेश कार्यालय, बुटवलको लुम्बिनी प्रदेश कार्यालय, सुर्खेतको छिन्चु शाखा (कर्णाली प्रदेश), र धनगढी कैलालीस्थित सुदूरपश्चिम प्रदेश कार्यालयमा सम्पन्न गरिएको हो।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरू गरी ४६३ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  संजिव मानन्धरले सम्पूर्ण रक्तदाता र प्राविधिकहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्तो मानवीय कार्यमा बैंकको सहभागीता रहनु गौरवको विषय भएको बताए।

“मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन कार्यक्रम आयोजना गर्न पाउनु हामी सबैका लागि खुशीको विषय हो,” प्रमुख कार्यकारी अधिकृत मानन्धरले भने।

उहाँले आगामी दिनहरूमा पनि प्राइम कमर्सियल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न सेवामूलक गतिविधिहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij