२०८३ साउन १० आइतबार

देशका प्रमुख १० शहरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चारमन्त्रीको पहिलो निर्णय

ई आर्थिक    सोमबार, असोज ६ २०८२
1.5K
Shares
देशका प्रमुख १० शहरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चारमन्त्रीको पहिलो निर्णय

ई-आर्थिक, काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै मन्त्री खरेलले पहिलो निर्णयस्वरूप देशका प्रमुख १० शहरका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा  गरकेा छन् ।

मन्त्रालयमा आयोजित एक औपचारिक समारोहबीच पदभार ग्रहण गर्दै मन्त्री खरेलले ५ महिनाभित्र सो योजना कार्यान्वयनमा ल्याउने निर्णयमा हस्ताक्षर गरेका हुन् । साथै २ महिनाभित्र काठमाडौँ उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने मन्त्री खरेलले बताए ।

पदभार ग्रहणका क्रममा कर्मचारीले अघि सारेको प्रारम्भिक प्रस्तावमा केही थप गर्न निर्देशन दिँदै उनले अन्तिम निर्णयमा हस्ताक्षर गरेका  मन्त्रालय स्रोतले जनाएको छ। निर्णयअनुसार काठमाडौं बाहेकका प्रमुख १० वटा शहरका सार्वजनिक स्थानमा प्राथमिकताका आधारमा इन्टरनेट सेवा विस्तार गरिनेछ।

मन्त्री खरेलले प्रविधिलाई सर्वसुलभ र जनमुखी बनाउँदै डिजिटल पहुँचलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij