२०८३ साउन १० आइतबार

नेपाल टेलिकमको दसैं–तिहार–छठ अफर सार्वजनिक, इन्टरनेट र मोबाइल सेवामा आकर्षक छुट

ई आर्थिक    सोमबार, असोज ६ २०८२
4.7K
Shares
नेपाल टेलिकमको दसैं–तिहार–छठ अफर सार्वजनिक, इन्टरनेट र मोबाइल सेवामा आकर्षक छुट

काठमाडौं ।  नेपाल टेलिकमले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरूको लागि विशेष ‘दसैं–तिहार–छठ अफर २०८२’ सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत मोबाइल तथा एफटीटीएच (फाइबर) सेवामा विभिन्न छुट र प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

टेलिकमले असोज ६ गतेदेखि लागू हुने गरी नयाँ एफटीटीएच (फाइबर टु द होम) सेवा जडान गर्दा लाग्ने रु। ५००० बराबरको जडान शुल्क पूर्णरूपमा मिनाहा गर्ने अफर ल्याएको छ। यो छुट असोज ६ गतेदेखि ३१ गतेसम्म लागू हुनेछ।

त्यस्तै, मोबाइल सेवामा पनि ग्राहकहरूको लागि डेटा र भ्वाइस प्याकेजहरू उपलब्ध गराइएको छ। जीएसएम मोबाइल प्रयोगकर्ताहरूले रु। ४९९ मा प्रतिदिन ५ जीबी डेटा तथा बाँकी समयमा २ एमबीपीएस स्पीडमा अनलिमिटेड इन्टरनेट चलाउन सक्ने ‘फेस्टिवल अनलिमिटेड’ प्याकेज खरिद गर्न सक्नेछन्। यस्तै, रु। ६९९ मा प्रतिदिन १० जीबी डेटा तथा बाँकी समयमा ३ एमबीपीएस स्पीडसहितको ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ प्याकेज पनि ल्याइएको छ।

फोन तथा एसएमएस प्रयोग गर्ने ग्राहकका लागि पनि विशेष अफर उपलब्ध छन्। रु २५० मा १००० मिनेटको ‘अल–नेट भ्वाइस’ सुविधा रहेको ‘जोयफूल मिनेटस्’ प्याकेज र रु ९९ मा १००० वटा एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज उपलब्ध छ।

मोबाइल सेवाका यी अफरहरू प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधि लागू हुनेछन्। ग्राहकहरूले *1415# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत यी प्याकेजहरू सक्रिय गर्न सक्नेछन्। अफर दुई चरणमा लागू हुनेछ — पहिलो चरण असोज ६ देखि असोज २० सम्म र दोस्रो चरण कार्तिक १ देखि कार्तिक १० गतेसम्म पाउने टेलिकमले बतायो

नेपाल टेलिकमले यस्तो पर्व लक्षित अफरले ग्राहकहरूलाई चाडपर्वको बेला सम्पर्कमा रहन, खुशी बाँड्न र डिजिटल सेवाको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij