ई-आर्थिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त राईले प्रतिवेदन पेस गरेका जानकारी दिए ।
संविधानअनुसार आयोगले हरेक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने प्रावधान छ। पेस गरिएको प्रतिवेदनमा आयोगले सो आर्थिक वर्षमा गरेको काम, अनुसन्धान तथा सूचनाहरूको विवरण समावेश गरिएको बताइएको छ।